Ray 4U
महानगरले गर्ने  भद्रकाली मन्दिरको पुनःनिर्माण

काठमाडौं, असार २८

२०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा काठमाडौ महानगरले मन्दिरको पुनःनिर्माणको कार्य थालेको छ | उप-मेयर सुनिता डङ्गोलले  यो मन्दिरको जग पूजा गरी पुनःनिर्माण कार्यको सुरुवात गर्नु भएको छ |

मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा ' ब्लक ' आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ ।स्थानीय र पुरातत्त्व बिभागले बेलायती शैलीमै बनाउन माग गरे पनि महानगरको अडान पुरानो  नेवारी  परम्परागत शैलीमै बनाउने थियो र यहि शैलीमै बन्नेछ । तुल्सी अम्बुजा जेभीले यो मन्दिरको पुनःनिर्माणको जिम्मा ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा पाएको छ |

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update