काठमाडौं, असार २८ गते
साताको अन्तिम दिन नेप्से परिसुचक निरन्तर उकालो लागेर बन्द भएको छ | नेपाल स्टक एक्सच्ञ्जका अनुसार आज नेप्से परिसुचक २९.२१ अंकले बढेर २ हजार २ सय ४ दशमलब ६१ मा पुगेको छ | १५५ कम्पनीको शेयर उकालो लगेको छ भने ७८ कम्पनीको मुल्य ओरालो लगेको छ |नेप्से २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता शेयर रु ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ मुल्यमा करोबार भएको छ |
नाफा कमाउने कम्पनीहरुमा टपमा बलेफी हाइड्रोपावर रहेको छ , दोश्रोमा सिटिजन सुपर ३० म्युचुअल फण्ड, तेश्रोमा एनआइबिएल स्टेबल फण्ड,चौथोमा जानकी फाइनान्स रहेको छ भने पाँच स्थानमा सिटिजन म्युचुअल फण्ड रहेको छ |
त्यसैगरि धेरै गुमाउनेहरुमा समाज लघुबित्त, साधना लघुबित्त,एनएमबी - ५० ,सेञ्चुरी डिबेञ्चर र गूडबिल फाइनान्सका लगानिकर्ता रहेका छन |