Ray 4U

काठमाडौं, असार २७ गते

विश्व सम्पदा क्षेत्र, स्वयम्भुलाई लगातार रुपमा ब्यवस्थित बनाउँदैइ लगिएको छ | काठमाडौं महानगरपलिका वडा नम्बर १५ मा पर्ने पर्यटनको केन्द्रको रुपमा रहेको स्वयम्भु क्षेत्रमा पुराना सम्पदाहरुको संरक्षण तथा सरसफाईमा सुधार गरिदैछ |वडा नम्बर १५ कार्यालयले स्वयम्भुको भगवानपाउ क्षेत्रबाट स्वयम्भु वरपरको परिसरमा Landscaping तथा Beautification को काम गरी रहेको छ |यो क्षेत्रमा पहिले फोहोरको थुप्रो हुने गरेको थियो अब भने वडाले शहरी बिकास तथा भवन सँगको शहकार्यमा Landscaping तथा Beautification को काम गरिरहेको छ |

यो पार्क बनाउनको लागि ३३ लाखको अनुमानित लागत रहेकोमा निर्माण ब्यवसाही आदी ईन्जिनियरिङ सर्भिसले प्रतिशपर्दाबाट २३ लाख ५० हजारमा कबोल गरेर निर्माण गरेको जानकारी १५ नम्बर वडा कार्यालयका ईन्जिनियर सुमन श्रेष्ठले दिनु भएको छ | उंहाका अनुसार यो Landscaping तथा Beautification को काम किमडोल सम्मै हुने जानकारी दिनु भएको छ | स्थानियले यो काम को प्रसंसा गरेका छन | 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update