Ray 4U
ब्रेक थ्रू भयो लेनडाँडा सुरुङ्मार्ग

काठमाडौं , असार २० गते 

काठमाडौं तराईमधेश द्रुतमार्ग आयोजनाको लेनडाँडा सुरुङमार्गमा आज ब्रेक थ्रू भएको छ |  बिविन्न प्याकेजहरु बनाएर यो आयोजनाको निर्माण कार्य नेपाली सेनाले आर्थिक बर्ष २०७३/७४ बाट सुरु गरेको थियो | १ हजार ६१२ मिटरको यो लेनडाँडा सुरुङ प्याकेज २ अन्तर्गत पर्दछ |यस अघि जेष्ठ महिनामा धेन्द्रे सुरुङ मार्गमा ब्रेक थ्रू भएको थियो |           

यो एक्स्प्रेस वे मा ३ वटा डाँडालाई पार गर्नका लागि २ - २ लेनका सुरुङ मार्ग बन्ने छन | यि ३ वोटै सुरुङ मार्गको लम्बाई ६.४१५ कि मि रहेको छ जुन यो एक्स्प्रेस वे को कुल लम्बाईको ८.८५% हो | प्रत्येक सुरुङमार्गहरु ९.५ मि चौडाइ र ५.५ मि  उचाईका रहने छन |  

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update