काठमाडौं , असार १९ गते
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विधुतिय तारहरु भूमिगत गर्ने काम भईरहेको छ | एसियली बिकास बैंकबाट सहुलीयत कर्जा लिएर यो आयोजना सन् २०२० बाट अघी बढाईइएको थियो | तिन वटा भारतीय कम्पनीले यो निर्माण कार्य गरी रहेको छ | तिन चरणमा बाढेर तारहरु भूमिगत गर्ने कामहरु भईरहेको छ |हाल यो आयोजनाको काम ६५% काम सक्किएको जनाईएको छ |
पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रको काम भारतीय कम्पनी KEI Industries limited ले गरी रहेको छ | दोश्रो चरणमा कीर्तिपुर , कुलेश्वोर र स्वयम्भु वितरण केन्द्र अन्तर्गतका स्थानहरुमा L & T Construction company ले काम गरिरहेको छ | तेस्रो चराण अन्तर्गत भक्तपुर र ललितपुरका बिभिन्न स्थानहरुमा TATA Company ले काम गरी रहेको छ |
सन् २०२० बाट सुरु गरिएको तार भूमिगत गर्ने काम २०२४ को डिसेम्बरमा सक्नुपर्ने सम्झौता भएको थियो | पूर्व निर्धारित समयमा काम सक्किने सम्भावना भने एकदम कम देखिन्छ |