काठमाडौं असार १८ गते
सडक विभागले ग्वार्को चोकमा फ्लाईओभरको निर्माण गरिरहेको छ | ग्वार्को फ्लाईओभरमा अहिले स्लोप बनाउने काम मुख्य रुपमा भईरहेको छ | अब फिनिशिङका कामहरु बाँकी छन | मुख्य रुपमा ट्राफिक लाईटको जडान , पेन्टिङ , सडक पेटी लगायतका काम बाँकी देखिन्छन | ग्वार्को चोकमा रहने पुलको निर्माण ९५% पुगेको छ | र्यम्पहरु ८०% सकिएका छन | असार भित्र सबै काम सम्पन्न गर्ने र श्रावन देखी गाडी चलाउने भनिएको भऐ पनि आयोजनाको म्याद २०८१ साल पुष सम्म थपिएको जनाईएको छ |
यो चोकमा बनिरहेको पुलको लम्बाइ ३५ मिटर रहेको छ |र्याम्प र पुल शहित यो फ्लाईओभरको लम्बाइ ५४० मिटर रहेको छ |यो आयोजनाको सम्झौता २०७८ साल फागुन १२ गते भएको थियो |बिचमा डिजाईनमा केही हेरफेर गर्नु परे पछि काम प्रभाबित भएको थियो | ई पि सि मोडेल मा यसको सम्झौता भएको थियो |आशिष समानन्तर जे. भि. ले यो फ्लाईओभरको निर्माण १७ करोड एस् लाख ८८ हजार ८८८ रुपैयामा गरिरहेको छ |