देशमा राजनैतीक उथल पुथल संकटमा सरकार
काठमाडौ, दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठन गर्ने सहमती भएको छ । दुई दलबिच भएको वार्तामा सहभागी नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।
स्रोतका अनुसार संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदामा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने तथा उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने उल्लेख छ । यता प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितलाई मात्रै राख्ने विषय समेटिएको छ ।
प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले भने रजिनामा नदिने बरु विश्वासको मतको लागि सन्सदको समाना गर्ने बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय