Ray 4U

काठमाडौं ,  असार १५ गते 

शिक्षा मन्त्री सुमोना श्रेष्ठले मन्त्रीस्थरिय निर्णय गर्दै एसईईको नतिजामा ननग्रेडिङ ल्याएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी हुन पाउने निर्णय गर्नु भएको छ |यो भन्दा पहिले २ विषयसम्म लागेका विद्यार्थी मात्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था रहेको थियो |यस अघी दुई भन्दा बढी बिषयमा ननग्रेडिङ ल्याएका  विद्यार्थीले चैतमा हुने वार्षिक परीक्षामा मात्र सहभागी हुन पाउने व्यवस्था रहेको थियो | |यस पटक एसईईमा आधाभन्दा धेरै ( ५२.१३ ) प्रतिशत विद्यार्थी फेल भएका छन भने ४७.८७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन | फेलमध्य  ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन |         
 

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update