नेपालमा क्रीकेटको क्रजे बढ्दै गएको छ |युवा तथा खेल्कुद मन्त्री विराजभक्त श्रेष्ठ ज्युले पनि यो कुरा लाई संघिय सन्सदमा स्विकार गर्नु भएको थियो | खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्दै यसलाई व्यवसाइक बनाउदै अर्थतन्त्रसँग जोड्नुपर्ने देखिन्छ | यो बर्षको बजेटमा मुलपानी स्टेडियम सम्पन्न गर्न ५० करोड रुपैया छुट्टयाइएको छ |संघिय सरकारले बनाइरहेको मुलपानी स्टेडियम पछी अर्को सबै भन्दा अगाडि बढेको स्टेडियम हो गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट रङशाला | यसको बाँकी रहेको काम पनि अघीइएको छ |
चितवन जिल्लाको भरतपुर महानगरपलिकामा बनी रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रीकेट रङशालाको बाँकी काम निर्माण सम्पन्न गर्न, हिमालयन कलिन्चोक बिबिआर जे भि छनोट भएको छ | आज भरतपुर महानगरपलिकाले 7 दिनको आशय पत्र जरी गरेको छ । अब कुनै उजुरी नपरेमा आठौ दिनमा ठेक्का सम्झौता हुनेछ । यो रङशालाको बाँकी काम सम्पन्न गर्न ६८ करोड २ लाख ६४ हजार २०७ रुपैया ८४ पैसा लाग्नेछ ।