काठमाडौं - असार १४ गते
काठमाडौं महानगरपलिकाले छात्रवृत्ति सम्बन्धित सुचना प्रकासित गरेको छ | छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाइ छात्रवृत्तिको लागि विद्यार्थीहरूले तल दिएको प्रकृया बाट आवेदन दिन सक्ने छन कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूले आवस्यक कागजहरुका साथ अनलाइनबाट आवेदन पेश गर्न सक्नेछन |
अनलाइन फाराम भर्न चाहिने कागजातहरू
-पासपोर्ट साईजको फोटो
-नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
-SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिस पत्र
-SEE प्रवेश पत्र (रुजुको लागि मात्र)
-सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची १ बमोजिमको सिफारिस पत्र
-संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची २ बमोजिमको सिफारिस पत्र
-आरक्षणका लागि तोकिए बमोजिमको सिफारिस पत्र
- काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा र ल्यान्ड फिल्ड साइडका बासिन्दाको हकमा सोही स्थानमा बसोबास भएको सिफारिस/कागजात
-सिफारिसको ढाँचा kathmandu.gov.np मा हेर्न सकिन्छ ।
पेस गरेका विवरणहरू झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गरिनेछ।
भोलि शनिवार बिहान १० बजेबाट फाराम भर्न सक्नुहुने छ ।
फाराम भर्नका लागि : https://entrance.kathmandu.gov.np/