Ray 4U
SEE को नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा SEE को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।  परीक्षामा सामेल भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएकामध्ये संख्याको हिसाबमा २ लाख ४२ हजार ९२ जना उत्तीर्ण भएका छन्।


SEE पारीक्षा १५ चैतदेखि २७ चैतसम्म सञ्चालन भएको थियो । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार ४१४ जना विद्यार्थी सहभागी भयका थिए । नयाँ मापदण्ड अनुसार, कुनै पनि विषयमा उत्तीर्ण हुन कम्तीमा पनि ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम पनि लागू गरिएको छ । 

SEE को  नतिजा बोर्डको वेबसाइट, नेपाल टेलिकमको १६०० मा कल गरेर, एसएम एस गरेर तथा वेबसाइटमार्फत पनि हेर्न सकिनेछ । 

यी लिन्कहरु बाट रिजाल्ट हेर्नुहोस् । 

https://see.ntc.net.np/

https://see.gov.np/exam/results

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update