T20 क्रीकेट वोर्ल्ड कपको ईतिहासमा साउथ अफ्रिका पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । साउथ अफ्रिकाले सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराएको हो । अफगानिस्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो जुन गलत सावित भयो किन की अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै अल आउट भएको थियो । समुह चरणमा साउथ अफ्रिकाले नेपाललाई १ रनले हराएको थियो ।
पहिले ब्याटिङ रोजेको अफगानिस्तानले राम्रो ब्याटिङ गर्न सकेन, अफगानिस्तानको तर्फबाट अज्मतुल्लाह ओमरजाइले सर्वाधिक १० रन जोडेका थिए । १३ रन भने एक्स्ट्राबाट अफगानिस्तानले पाएको थियो । बलिङ तर्फ साउथ अफ्रिकाका मार्को जान्सेन र रबरेज शम्सीले ३ - ३ वोकेट लिएका थिए । त्यसैगरी रबाडा र नोर्ट्जेले २ - २ विकेट लिएका थिए ।
दोश्रो इन्निगमा ५७ रनको लक्ष्य पक्ष्याउन उत्रेको साउथ अफ्रिका ८.५ वोभरमै १ विकेट गुमाउदै लक्ष्य भेट्टाउन सफल भएको थियो । साउथ अफ्रिकाका लागि रेजा हेन्द्रिक्सले २९ र ऐदेन मर्क्रमले २३ रन बना एर जित सुनिस्चित गरे । अफगानिस्तानका फारुकीले डि ककको रुपमा १ विकेट लिएका थिए ।
अब साउथ अफ्रिकाले फाइनलमा, भारत र एङ्ल्यान्ड बिच हुने दोश्रो सेमी फाइनलको विजेतासँग खेल्ने छ । भारत र एङ्ल्यान्डको म्याच आज साझ रहेको छ T20 क्रीकेट वोर्ल्ड कपको फाइनल २९ जुन शनिबारको दिन खेलिनेछ ।