करेक्सनपछि फेरि निर्माण भइरहेको छ ग्वार्को फ्लाईओभर
काठमाडौं, चैत १४ गते
ग्वार्को चोकमा निर्माण भइरहेको फ्लाईओभर केही करेक्सनपछि फेरि निर्माण भइरहेको छ। आउँदो वर्षात अघि यहाँबाट गाडी गुडाउने बताइएको छ | यस प्रोजेक्ट अन्तर्गत ग्वार्को चोकबाट सातदोबाटोतर्फ रहेको आरइवाल सुधार गर्नुपर्ने देखिएपछि ४० मिटर आरइवाल झिकेर फेरि निर्माण गरिँदैछ। यस ग्वार्को फ्लाई ओभर अन्तर्गत बीचमा रहेको पुल बनिसकेको र अब दुवै तर्फको र्याम्पको काम भइरहेको छ। आयोजनाको सुरुवात २०७८ सालको फागुनबाट भएको थियो। यसको सम्झौता इपिसी मोडलमा भएको हो।
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय