असार १२, करिब १ वर्ष देखी प्यालेस्टिनी विद्रोही समूहसँग युद्ध गरिरहेको इजरायलमा ८ सय जना नेपाली केयर गिभर पठाउन वैदेशिक रोजगार विभागले मंगलबारबाट प्रक्रिया अगाडि बढाएको छ । ८ सय जनामा मुख्य उम्मेदवार ५ सय जना हुन् । थप ३ सय जना वैकल्पिक उम्मेदवारका रूपमा रहनेछन् । छनोट भएकाहरूको मासिक तलब ५८ सय ८४ इजरायली मुद्रा (करिब दुई लाख रुपैयाँ) छ । नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत नै केयर गिभर छनोट गरी पठाउने प्रक्रिया अगाडि बढाइएको हो । यसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् । यो प्रकृयाहरु सम्पूर्ण रुपमा नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागले गर्ने गर्दछ ।
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार छनौटका लागि आवेदन आह्वान गरिएको सूचना यो PDF मा हेर्नुहोस्