Ray 4U
TIA सुधार ८० प्रतिशत सम्पन्न

काठमाडौं, चैत ८ गते 

नेपालकै पहिलो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार गर्ने काम अन्तिमतिर पुगेको छ। यस क्रममा TIA को ट्याक्सी वे,  समानान्तर ट्याक्सी वे,अन्तर्राष्ट्रिय एप्रोन, आन्तरिक एप्रोन, नयाँ हेंगर लगायतका बनिरहेका छन् भने यस अघि नै रनवेको विस्तार तथा सुधार, आन्तरिक तथा अन्तर्राष्ट्रिय तर्फ नयाँ अराइभल, पार्किङ क्षमताको विस्तार लगायतका सुधार को काम गरिएको थियो | TIA मा एउटा मात्र रनवे रहेकाले र त्यसको आसपास नै निर्माण भइरहेकाले उडानहरु रात्रीकालिन समयमा बन्द गरेर काम भईरहेको छ | 
 विमानस्थल विस्तार तथा सुधारको काम करिब ८०% सम्पन्न भइसकेकाले चाँडै विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ। हाल विमानस्थल राति ११ बजेबाट बिहान ७ बजेसम्म बन्द रहन्छ र यही समयमा निर्माण गरिन्छ | 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update