Ray 4U

काठमाडौं, चैत ८  गते   

कीर्तिपुर स्थित टि यू मैदानमा  प्यारापिट र फ्लड लाइटको काम विभिन्न सिफ्टहरु बनाएर धमाधम निर्माण भईरहेको छ |हाल यस मैदानमा पुर्व र पश्चिमतर्फ २ तले  प्यारापिटको फाउन्डेसनको काम भईरहेको छ | त्यसैगरी राती पनि म्याच गर्न सजिलो होस भन्ने उदेश्यका साथ  यहाँ ६ वटा फ्लोडलाइटको निर्माण पनि तिब्र रुपमा भईरहेको छ | हाल जमिनको सहतमुनी रहने पाइल बनाउने काम भईरहेको जनाईएको छ  |      
प्यारापिट निर्माणको काम  BKOI - KCDC - BG JV ले गरिरहेको छ | प्यारापिट निर्माणमा ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँमा ठेक्का भएको हो | प्यारापिटको  क्षमता १० हजार दर्शक रहेको छ |त्यसैगरी  फ्लड लाइट बनाउने काम  विशन - ईश्वोरी JV ले गरिरहेको छ| फ्लड लाइट ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँको लागतमा बन्दैछ  |प्यारापिट र फ्लड लाइटको निर्माण आगामी वैशाख मसान्तसम्म सक्ने योजन निर्माण कम्पनीको रहेको छ |   
प्रधानमन्त्री के पि शर्मा ओलीको नेत्रित्वमा बसेको पहिलो मन्त्रीपरिषद बैठकले ३०० दिनभित्र टि यू मैदानमा अन्तराष्ट्रिय स्तरको प्यारापिट र  फ्लड लाइट निर्माण गर्ने जनाएको थियो | सोही अनुरुप अहिले यहाँ प्यारापिट र  फ्लड लाइट निर्माणको काम अघि बढिरहेको  छ | 

प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update