Ray 4U
राहुल नेता विपक्ष र ओम बिरला लोकसभा अध्यक्ष

असार १२, भारतको १८ औ लोकसभामा बीजेपी सांसद ओम बिरला दोश्रो कार्यकालका लागि लोकसभा अध्यक्ष पदमा निर्वाचित भएका छन । मङ्गलबार सरकार र विपक्षीबीच सहमति हुन नसकेपछि संसदमा लोकसभा अध्यक्ष पदका लागि निर्वाचन भएको थियो । यस अघी भारतको ईतिहासमा लोकसभा अध्यक्ष पदका लागि निर्वाचन भएको थिएन, सधै सहमतीमै अघी बढेको थियो । निर्वाचित लोकसभा अध्यक्ष ओम बिरलालाई स्वागत मन्तब्य मार्फत विपछीले निश्पक्ष रहन सुझाब दिएका थिए । 
त्यसै गरी भारतको नयाँ लोकसभाले करिब एक दशक पछी नेता विपक्ष पाएको छ । भारतीय राष्ट्रिय काङ्रेसका नेता राहुल गान्धी नेता विपक्ष बनेका छन । भारतमा विगत १० वर्ष देखी नेता विपक्षको पद खाली थियो । नेता विपक्ष बन्नको लागि विपक्षी दलसँग कम्तीमा लोकसभाको ५५ सित आवश्यक रहने गर्दछ । नेता विपक्ष भारतको राजनीतिमा पावरफुल मानिन्छ ।
 
विपक्षी नेताको काम के हो ?
लोकतन्त्रका लागि विपक्षी दलको नेताको पद निकै महत्वपूर्ण हुन्छ । संसदमा विपक्षी दलको नेतालाई आधिकारिक मान्यता प्राप्त हुन्छ । संसदमा प्रतिपक्षको अनुहार हुनुका साथै उनी धेरै महत्वपूर्ण समितिमा पनि सहभागी छन् । CBI,ED र केन्द्रीय अनुसन्धान एजेन्सीहरूको निर्देशकहरू छनोटमा भाग लिन्छ। विपक्षी दलका नेता पनि प्रधानमन्त्रीसँगै विभिन्न समितीमा रहन्छन । 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  २२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update