यु-१९ क्रिकेट टोलीको घोषणा

काठमाडौं, चैत ५ गते
क्यानले यु-१९ पुरुष विश्वकपको एसिया छनोटका लागि खेलाडी टोली घोषणा गरेको छ | नरेश भट्टको कप्तानीमा १८ सदस्यीय खेलाडी टोलीको घोषणा गरिएको छ | यि १८ खेलाडीबाट अन्तिम १४ खेलाडी छनोट हुने क्यानले जनाएको छ |
खेल चैत ३० गते देखि वैशाख ८ गतेसम्म काठमाडौंमा आयोजना हुँँदैछ | यस छनोट खेलमा नेपाल सहित हङकङ, युएई, अफगानिस्तान र ओमानको सहभागीता रहनेछ |
प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय