Ray 4U
 च्याम्पियन्स ट्रफी फाइनलमा भारत र न्युजिल्याण्ड भिड्ने

काठमाडौं, फागुन २१ गते 

दोस्रो सेमिफाइनलमा लाहोरमा भएको म्याचमा न्युजिल्यान्डले कृतिमानी ३६२ रन जोडेपछि साउथ अफ्रिकाले ३१२ रन मात्रै बनाउन सक्यो। फलस्वरूप न्युजिल्यान्डले ५० रनले म्याद जितेको छ। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि रचिन रविन्द्रले १०८ रन र केन विलियमसनले १०२ रनको शतकीय पारी खेलेपछि यो विशाल योगफल तयार भएको थियो। उनीहरूसँगै डायल मिचेल ले ४९ ग्लेन फिलिपले ४९ रनको योगदान दिएका थिए | विशाल लक्ष्य पछ्याउन उत्रिएको साउथ अफ्रिकाका लागि डेविड मिलरले १०० रन बनाएका थिए भने ६९ रन बनाएका थिए। त्यसैगरी तेम्बा बबुमाले ५६ रन बनाएका थिए। यसरी साउथ अफ्रिकाले जम्मा ३१२ रन हान्न सक्यो र यो म्याच ५० रनले गुमाएको छ। अब भारत र न्युजिल्याण्ड बीच आइसिसी च्याम्पियन ट्रफीको फाइनल खेल दुबइमा हुनेछ |

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update