Ray 4U
न्याथमले खुलायो तालिम

 काठमाडौं, फागुन २१ गते 

संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान न्याथमले विभिन्न तालिमहरूको लागि दरखास्त आह्वान गरेको छ। १० हप्ते टुरिस्ट गाइड ट्रेनिङको लागि स्नातक तर तह वा सोसरह उत्तीर्ण हुनुपर्नेछ। यसमा २०० जनालाई तालिम दिइँदैछ र २५००० तालिम शुल्क लाग्नेछ। त्यस्तै गरिकन कुक ट्रेनिङ खुलेको छ जसको लागि एसइइ वा सोसरह पास हुनुपर्नेछ यसमा ४० जनालाई तीन महिनाका लागि तालिम दिँदैछ जसमा एसइइ वा सोसरह उत्तीर्ण हुनुपर्नेछ | त्यसैगरी बेकरी, वरिष्टा, बारटेन्डिङ तालिमहरूमा पनि ४०-४० जनाका लागि आवेदन खुलाइएको छ जसको क्वालिफिकेसन एसइइ वा सोसरह हुनुपर्नेछ तालिम शुल्क २० हजार लाग्नेछ यी तालिमहरु एक महिना अवधिका रहनेछन् | 

download-1741193013.jpg
 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update