
काठमाडौं, फागुन २० गते
च्याम्पियन्स ट्रफी अन्तर्गत आज भएको भारत र अस्ट्रेलिया बीचको पहिलो सेमिफाइनल प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभर खेल्दै २६४ रनको योगफल तयार पारेको थियो । २६५ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको भारतले ११ बल बाँकी छँदै यो म्याच जितेको छ र यस वर्षको च्याम्पियन्स ट्रफीको पहिलो फाइनलिस्ट बनेको छ।
पहिलो इनिङमा ब्याटिङ गर्न आएको अस्ट्रेलियाका लागि ट्राइबिस हेडले ३९ स्टिभ स्मिथले ७३ मार्नुस् लबुसाङ्कले २९ एलेक्स क्यारीले ६१ रनको योगदान दिएका थिए बलिङ तर्फ भारतका लागि मोहम्मद सामीले तीन विकेट वरुण चक्रवर्ती र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए लक्ष्य पछ्याउन उत्रिएको भारतीय टोलीका लागि कप्तान रोहित शर्माले २८ रनको योगदान दिएका थिए। त्यसैगरी विराट कोहलीले ८४ रन बनाए जसको लागि उनले म्यान अफ द म्याच पनि भए। त्यसैगरी श्रेयस ऐरले ४५ खेल राहुलले ४२ अक्सर पटेलले २७ र हार्दिक पण्डेले २८ रनको योगदान दिँदा ४८.१ ओभरमा भारतले लक्ष्य भेट्टाएको थियो ।