Ray 4U
स्ववियु निर्वाचनमा २५ वटा विद्यार्थी संगठन भिड्दै

काठमाडौं, फागुन २० गते 

त्रिभुवन विश्वविद्यालय अन्तर्गत युनिभर्सिटी क्याम्पस र विभिन्न क्याम्पसहरूमा हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा २५ वटा विद्यार्थी संगठनहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका ६४ वटा आङिक क्याम्पसहरूमा निर्वाचन हुँदैछ । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा दर्ता हुने सङ्गठनहरु नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु (समाजवादी), नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी) वैद्य समूह, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी (विप्लव), समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल (छैठौं) मसाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी सङ्घ, अनेरास्ववियु (पाँचौं), विद्यार्थी जनमत सङ्घ, नेपाल विद्यार्थी मोर्चा, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल क्रान्तिकारी (बहुमत), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी सङ्घ (नेपाली जनता पार्टी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी मञ्च दर्ता भएका छन । 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update