
काठमाडौं, फागुन २० गते
डिबोइज इन्टरटेन्मेन्टले ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गर्दैछ यो अवार्ड मे २८ देखि जुन १ तारिख सम्म अस्ट्रेलियाको सिडनीमा आयोजना हुँदैछ। १८ वटा विधामा अवार्ड दिइने आयोजकले बताएका छन्। यसको १८ वटा विधाहरू फिल्म, निर्देशक, कथा, सङ्गीत, अभिनेता, अभिनेत्री, चरित्र कलाकार, गायक, गायिका, छाँयाकर, सम्पादक, ब्याकराउन्ड स्कोरलगायत विधाहरु समावेश हुनेछ । यस्तै, पपुलर हिरो अफ द इयर, पपुलर हिरोइन अफ द इयर पनि समावेश गरिनेछ । एक जना चलचित्र पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एक जना विशिष्ट फिल्मकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड नगद राशीसहित प्रदान गरिने आयोजनकले जनाएको छ।
यस कार्यक्रमले नेपाली सिनेमा क्षेत्रको प्रवर्धन तथा पर्यटन प्रवर्द्धन पनि गर्ने उद्देश्य साथ यो फिल्म अवार्ड आयोजना गरिएको छ |