Ray 4U

 काठमाडौं, फागुन २० गते   

कीर्तिपुर स्थित टि यू अन्तराष्ट्रिय स्तरको प्यारापिट निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले construction site  मा पुर्वतयारी तथा सामाग्रीहरु ल्याउन थालेको छ |  प्यारापिट निर्माणको जिम्मा BKOI - KCDC - BG JV ले पाएको छ | प्यारापिट निर्माणमा ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँमा ठेक्का भएको हो | त्यसैगरी TU मा FLOOD लाईट जडान गर्ने ठेक्का पनि लागिसकेको छ | फ्लड लाइट बनाउने जिम्मा विशन - ईश्वोरी JV ले पाएको छ| फ्लड लाइट ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँको लागतमा बन्नेछ | 
प्रधानमन्त्री के पि शर्मा ओलीको नेत्रित्वमा बसेको पहिलो मन्त्रीपरिषद बैठकले ३०० दिनभित्र टि यू मैदानमा अन्तराष्ट्रिय स्तरको प्यारापिट र  फ्लड लाइट निर्माण गर्ने जनाएको थियो | सोही अनुरुप अहिले यहाँ प्यारापिट र  फ्लड लाइट निर्माणको काम अघि बढेको छ | 
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update