१८० जना नगर प्रहरीलाई १५ दिने ट्राफिक व्यवस्थापन तालिम सुरु

काठमाडौं, फागुन १८ गते
महानगरपलिकाले १८० जना नगर प्रहरीलाई १५ दिने ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ | राष्ट्रिय सभा गृहमा आजबाट सुरु भएको यो तालिमलाई ३ समूहमा विभाजन गरिएको छ | हरेक समूहमा ६० जना नगर प्रहरी रहेनेछन् | तालिमका आन्तरिक कक्षाहरु सैदान्तिक र बाह्य कक्षाहरु प्रयोगात्मक हुने महानगरले जनाएको छ |
प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१ २१:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय