Ray 4U
धुलिखेल - खावा खण्डको ठेक्का रद्ध 

काठमाडौं, फागुन १५ गते 
सडक डिभिजन कार्यालय भक्तपुरले आज एक कार्यक्रमका बिच धुलिखेल - खावा खण्डको ठेक्का रद्ध गरिएको जानकारी गराएको छ | यो सडक बिस्तारको जिम्मा गौरी पार्वती निर्माण सेवा प्रालिले रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो | कम्पनीले ठेक्का २०७९ साल जेठ २० लिएको थियो भने निर्माण सक्ने मिति २०८० साल चैत १९ गते रहेको थियो | निर्माण कम्पनीले निर्माणमा आलटाल गरेपछि सडक डिभिजन कार्यलयले पटक पटक स्पस्टीकरण सोध्दा सन्तोषजनक, भर्पर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्ध गर्न पुगेको जनाएको छ | कार्यलयका अनुसार हाल सम्म यस सडकको वित्तिय प्रगति २५ प्रतिशत रहेको छ | 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update