Ray 4U
सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको दोश्रो संस्करण फागुन १७ देखि

काठमाडौं, फागुन १५ गते 
मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको दोश्रो संस्करण फागुन १७ देखि २४ गतेसम्म आयोजना हुने भएको छ | आज पत्रकार सम्मेलन गर्दै यसको जानकारी आयोजकले दिएको छ | भेट्रान सिटी क्लब वीरगन्जको आयोजनामा यो प्रतियोगिता आदर्शनगर रंगशालामा हुँदैछ | यो प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ | यस प्रतियोगितामा आयोजक वीरगन्ज युनाइटेड क्लब सहित संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली , एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं र सलहेश फुटबल क्लब सिराहा गरी ८ टिम रहेका छन |

यस प्रतियोगिताको विजेता टोलीले नगद ११ लाख ११ हजार १११ रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ |

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update