
काठमाडौं, फागुन १५ गते
काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते राष्ट्रिय सभागृहमा शैक्षिक मेला आयोजना गर्ने भएको छ | यो मेलाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीहरूका सीप र सिर्जनात्मक क्षमताको प्रदर्शन, शिक्षण-शिक्षण नवप्रवर्तन तथा विद्यालय पूर्वाधार र शिक्षक विकासका कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ |
🔹 के के रहनेछ मेलामा?
✅ विद्यार्थीहरूद्वारा नवीनतम सिकाइ गतिविधिहरूको प्रदर्शनी
✅ "बुक फ्री फ्राइडे" अन्तर्गत ३५ वटा शैक्षिक उपसमूह स्टलहरू
✅ सामुदायिक विद्यालयको "दिवा खाजा" योजनाअन्तर्गत रु. ३० मा पौष्टिक खाजा
✅ नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी
✅ विद्यार्थी नमूना संसद अभ्यास – निर्णय क्षमता अभिवृद्धि गर्ने विशेष कार्यक्रम
✅ शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूका लागि विशेष अन्तर्क्रिया
✅ विद्यालय शिक्षालाई व्यवहारिक, वैज्ञानिक र सिपमूलक बनाउन नवीनतम प्रविधिको प्रयोग
✍️ विशेष आकर्षण:
🎭 विद्यार्थीका अनुभूति झल्किने १,०००+ स्केचिङ र स्कल्प्चर प्रदर्शनी
💡 मरुहिटी पानीको गुण जाँच तथा प्रविधि सिकाइ प्रदर्शनी
🏫 प्रविधिको प्रयोगबाट सिकाइ अभ्यास