भारतमा पहिलो पटक लोकसभा अध्यक्षको निर्वाचन
असार ११, मङ्गलबार सरकार र विपक्षीबीच सहमति हुन नसकेपछि संसदमा लोकसभा अध्यक्ष पदका लागि दुर्लभ प्रतिस्पर्धा हुने देखिन्छ । यस अघी भारतको ईतिहासमा लोकसभा अध्यक्ष पदका लागि निर्वाचन भएको थिएन, सधै सहमतीमै अघी बढेको थियो ।
यस विषयमा सरकार पछि हटेपछि प्रतिपक्षी दलबाट उपसभामुख छान्ने विषयमा सरकारसँग प्रतिबद्धताको माग गरेको INDIA गुटले सत्ता पक्षबाट सुनिस्चितता नपाएपछी आफ्नो सभामुखको उम्मेदवार घोषणा गर्यो। NDA ले 17 औं लोकसभामा सभामुख रहेका बीजेपी सांसद ओम बिरलालाई पदका लागि पुन: मनोनयन गरेको छ भने, INDIA गठबन्धनले आठ पटक कांग्रेस सांसद कोडिलकुन्निल सुरेशलाई उम्मेदवार बनाएको छ। उक्त पदका लागि बुधबार निर्वाचन हुँदैछ ।
प्रकाशित मिति: बुधबार, असार १२, २०८१ ००:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय