Ray 4U
तीन हावाइ कम्पनी भित्रिदै

काठमाडौं, फागुन ११ गते 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर थप ३ वटा अन्तराष्ट्रिय हावाइ कम्पनीहरुले नियमित उडान गर्ने भएका छन् | नियमित व्यावसायिक उडान गर्नेमा एयर इन्डिया एक्सप्रेस,स्पाइस जेट र आकाशा एयर रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ  |

एयर इन्डियाले फागुन १७ गतेदेखि काठमाडौंमा नियमित उडान गर्नेछ भने स्पाइस जेटले फागुन २८ गतेदेखि सेवा सुरु गर्नेछ | आकाशा एयरको भने उडान अनुमतिको प्रकृयामा रहेको जनाइएको छ | 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update