२- २ को बराबरीमा नेपाल र म्यानमारले अंक बाँडे

काठमाडौं, फागुन ११ गते
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले आज आफ्नो तेश्रो खेल म्यानमारसँग २ -२ गोलको बराबरीमा सकिएको छ | सिंगल लिगमा भइरहेको प्रतियोगितामा यि दुई टोली अपराजित रहँदै एक खेल अघाडि नै फाइनलमा प्रवेश गरिसकेका छन् |
नेपालका लागि साम्बा र सबिता रानामगरले १ -१ गोल गरेका थिए | अब बुधवार (फागुन १४ गते ) हुने फाइनल खेलमा नेपाल र म्यानमार नै भिड्नेछन् |
एन्फाले यो प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप - २०२६ छनोट र फिफा महिला विश्वकप -२०२७ को छनोटको तयारीको रुपमा लिएको छ |
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ २१:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय