वैदेशिक रोजगार बोर्डले नि: शुल्क एक महिने तालिम दिने

काठमाडौं, फागुन ११ गते
वैदेशिक रोजगार बोर्डले विविन्न १८ वटा विधामा नि: शुल्क एक महिने तालिम दिने भएको छ | बोर्डले रोजगारीमा जान चाहने १ हजार महिलासहित १६ हजार र वैदेशिक रोजगारीबाट फर्किएका ५ हजार गरी २१ हजारलाई नि: शुल्क तालिम दिने तयारी गरेको जनाएको छ | हाल तालिमप्रदायक संस्थाको छनोट अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ | १६० घण्टाको यो तालिम चैत्रदेखि सञ्चालन भएर असारभित्र सक्ने योजना रहेको छ |
बोर्डले दिने नि: शुल्क तालिमहरुमा हाउसकिपिङ, स्टिल फिक्सर, वेटर, सेक्युरिटी गार्ड, मेसन, कुक , प्लुम्बर, हाउस पेन्टिङ, स्काफ फोल्डर, गार्मेन्ट, टेलरिङ्ग, सटरिङ कार्पेन्ट्री, असिस्टेन्ट इलेक्ट्रिसियन, असिस्टेन्ट वेल्डर, जुनियर ब्युटिसियन र जुनियर फर्निचर रहेका छन् |
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ २०:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय