प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक

काठमाडौं, फागुन ९ गते
क्यानको एकदिवसीय फरम्याटको मुख्य प्रतियोगिता प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक गरेको छ | प्रतियोगिता फागुन २५ गतेबाट चैत्र १६ गते सम्म चल्नेछ | खेलहरु लुम्बिनी प्रदेशका ३ वटा मैदानमा हुनेछन् |दाङको देउखुरी अन्तराष्ट्रिय मैदानका साथै रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्रा टेक ओभलमा पनि खेल आयोजना हुँनेछ | सिद्धार्थ रंगशालामा फाइनल सहित प्रतियोगितामा १७ वटा खेल्हरु हुनेछन | एक्स्ट्रा टेक ओभलमा १५ खेल हुनेछन भने लमहीमा १४ खेल हुनेछन |
अघिल्लो संस्करण सिद्धार्थ रंगशाला, मुलपानी र किर्तिपुर मैदानमा भएको थियो भने यस पटकका सबै म्याचहरु काठमाडौं बाहिर हुँदैछन |
सात प्रदेश र तीन विभागीय टोलीहरु आर्मी, पुलिस र एपिफ गरी दश टोलीबिच यो प्रतियोगिता हुँनेछ |
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१ १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय