फोर नेसन्स कप :लेवनानलाई हराउँदै नेपाल एक खेल अघाडि नै फाइनलमा

काठमाडौं, फागुन ८ गते
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले लेवनानलाई १-० गोलले पराजित गरेको छ | नेपाल एक खेल अघाडि नै फाइनलमा पुगेको छ | नेपालको जितमा साबित्रा भण्डारीले ४२ औँ मिनेटमा गोल गर्नु भएको थियो | आजको जित सँगै नेपाल र म्यानमारले ६ - ६ अंक बनाएका छन् |
एन्फाले यो प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप - २०२६ छनोट र फिफा महिला विश्वकप -२०२७ को छनोटको तयारीको रुपमा लिएको छ | अब नेपाल र म्यानमारबीच आईतबार प्रतिस्पर्धा हुनेछ | यो खेल फागुन ५ गतेदेखि १४ गतेसम्म चल्नेछ |
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ २०:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय