रसुवा सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा

काठमाडौं, फागुन ८ गते
रसुवाको रसुवागढीमा निर्माण भईरहेको सुक्खा बन्दरगाहको काम अन्तिम चरणमा पुगेको नेपाल इन्टर मोडल यातायात बिकास समितिले जनाएको छ | समितिका अनुसार बन्दरगाहको निर्माण ७६ प्रतिशत पुगेको छ भने निर्माण आगामी जुलाई भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको छ |
यस बन्दरगाहको निर्माण तिब्बत फुली कन्स्ट्रक्सन कम्पनीले २ अर्ब १६ करोड ६० लाख रुपैयाँमा गरिरहेको छ | ३५० गाडी पार्किङ गर्न सकिने यस बन्दरगाहभित्र ३१३ साना र २३ वटा ठुला कन्टेनर रहने छन |
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १५:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय