Ray 4U
विद्युत् प्राधिकरणलाई तेस्रो पटक 'डबल ए प्लस'

काठमाडौं, फागुन ५ गते

नेपाल विद्युत् प्राधिकरणले  तेस्रो पटक 'डबल ए प्लस' रेटिङ पाएको छ | इक्रा नेपाल लिमिटेडले प्राधिकरणको रेटिङ गरेको हो | यो लगातार तेश्रो पटकको 'डबल ए प्लस' रेटिङ हो | प्राधिकरणको वित्तिय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तिय जोखिमको विश्लेषण,व्यवस्थापकिय  क्षमतालगायतको विश्लेषण गरेर रेटिङ गरिएको प्राधिकरणले जनाएको छ |  
'डबल ए प्लस' रेटिङ पाए सगैँ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारबाट स्वीकृति पाउनासाथ सेयर निष्कासनको प्रकृया अघि बढाइने जानकारी दिनुभएको छ | 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update