Ray 4U
त्रिवि मैदानमा फ्लर्डलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत

काठमाडौं, फागुन १ गते
त्रिवि मैदानमा अन्तरास्ट्रिय मापदन्ड अनुसारको  फ्लर्डलाइट र प्यारापिट निर्माण गर्न आह्ववान गरिएको बोलपत्र स्वीकृत भएको छ | आज सहरी बिकास मन्त्रालयको संघिय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले यस निर्माणकालागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरेको हो |

फ्लर्डलाइट जडानका लागि विशन ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको छ भेन प्यारापिट निर्माणका लागि बिकोई  - केसिडीसी - बिजी जेभीले ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँमा ठेक्का पाएको छ |

प्रधानमन्त्री  के पि शर्मा ओलीको नेत्रित्वोमा बसेको पहिलो मन्त्रीपरिषद बैठकले ३०० दिन भित्र त्रिवि मैदानमा अन्तराष्ट्रिय स्तरको  फ्लर्डलाइट र प्यारापिट निर्माण गर्ने जनाएको थियो | सोही अनुरुप अहिले त्रिवी मैदानमा फ्लर्डलाइट र प्यारापिट निर्माणको काम अघि बढेको छ |     
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update