२०८१ सालका लागी बजेट पारीत
प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ
असार ११, प्रतिनिधि सभाबाट विनियोजन विधेयक (२०८१/०८२ को बजेट) पारित भएको छ। अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा विनियोजन विधेयक २०८१ पारित गर्ने प्रस्ताव पेस गरेपछी उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
बजेट पारित हुनुअघि संसदमा लगातार मन्त्रालयगत छलफल चलेको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री तथा मन्त्रीहरुले दिएका थिए । छलफलका क्रममा मन्त्री र प्रधानमन्त्रीका साथै प्रभाबसाली वयक्तीहरुको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित भएको भन्दै कतिपय सत्ता र प्रतिपक्षी सांसदहरूले बजेट पुनर्लेखन गर्न मागसमेत गरेका थिए।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ २३:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय