Ray 4U
जापानले २० हजार नेपालीलाई नर्सिङ केयरमा लैजाने

काठमाडौं, माघ २९ गते 

जापानले २० हजार नेपालीलाई नर्सिङ केयरमा गिभरमा जापान लैजाने भएको छ | नेपाल र जापानका कम्पनीले संयुक्त रुपमा एक कार्यक्रम आयोजना गरि यसको बारेमा जानकारी दिएका हुन् | यस कार्यक्रम  अन्तर्गत ३ देखि ५ बर्षमा २० हजार नर्सिङ केयरमा गिभर लैजाने जनाइएको छ |केयरमा गिभरमा १८ देखि ४५ बर्ष उमेर भएका योग्य हुनेछन | नर्सिङ बिषयको अध्ययन अनिवार्य गरिएको छैन तर जापानी भाषाको आधारभुत ज्ञान एन - फोर लेभलको भाषा परिक्षा भने उत्तिर्ण गर्नु पर्ने हुन्छ |     
भाषा परीक्षा र सिप परीक्षामा उत्तिर्ण भएकालाई अन्तर्वातामार्फत जापानी कम्पनीले छनोट गर्ने कम्पनीले जनाएको  छ | छानिएका नेपालीलाई नेपालबाटै आवश्यक तालिम पनि दिइने छ | केयर गिभरको मासिक तलब दुई लाख जापानी एन सम्म हुने जनाइएको छ |
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update