नक्सालमा पुरानो सांस्कृतिक मार्गलाई पुनर्जीवन दिईदै

काठमाडौं, माघ २९ गते
नक्सालमा पुरानो सांस्कृतिक मार्गलाई पुनर्जीवन दिईदैछ |यो सम्पदा मार्गलाई जोडतोडका साथ निर्माण थालिएको छ | सडकमा ढुङ्गा ओछ्याइदैछ भने नक्साल हिटीको पुनरनिर्माण तथा संरक्षण काठमाडौं महानगरपालिकाले गराइरहेको छ |
अहिले नक्साल भगवती देखी नंदिकेश्वर मन्दिर सम्मको सडकमा ढुङ्गा ओछ्याउदै सम्पदा मार्गको रुपमा बिकास गरिदै छ | यस कार्यमा यस क्षेत्रका सांसद गगन कुमार थापाको सहयोग रहेको स्थानिया हरु बताउँछन् | सडक निर्माणका लागि २०७९ साल फागुन ३ गते सानु शुवाल निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो | VAT र PS बाहेक ३ करोड ८७ लाख ५७ हजार २६० रुपैयाँमा यसको निर्माण भईरहेको छ |नेपाल सरकार, शहरि बिकास मन्त्रालय, काठमाडौं उपत्यका बिकास प्राधिकरण मार्फत यसको निर्माण भईरहेको छ |
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ १८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय