दरबारमार्गमा पहिलो पटक ग्रेनाइड बिछ्याउने काम सुरु
काठमाडौं, माघ २९ गते
काठमाडौं महानगरपालिकाले फुटपाथमा पहिलो पटक ग्रेनाइड बिछ्याउने काम सुरु गरेको छ | दरबारमार्गमा महेन्द्र शालिकदेखी नारायणी सङ्ग्रालयसम्मको सडकको दुबै छेउमा ग्रेनाइड सहितको फुटपाथ बनाउने काम धमाधम भईरहेको छ | यसैबिच काठमाडौं महानगरपालिकाको अनुगमन समिती संयोजक तथा महानगरपालिकाको उपमेयर सुनिता डंगोलले यस निर्माण कार्यको निरिक्षण गर्दै आवश्यक सल्लाह सुझाव पनि दिनु भएको थियो | यो आयोजनाको ठेक्का सम्झौता २०८० साल चैत ६ गते भएको थियो भने २०८१ साल माघमा आयोजना सम्पन्न गर्ने गरी सम्झौता भएको थियो | यसको लागत ५ करोड १५ लाख रुपैयाँ रहेको बताइएको छ | यहाँ निर्माणको काम सदाशिव इन्फ्रा प्रालिले गरिरहेको छ |
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ १७:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय