Ray 4U
अत्तरिया बन्यो अर्जुन ट्रफीको विजेता

काठमाडौं, माघ २९ गते 

धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न 'अर्जुन ट्रफी राष्ट्रिय टी - २० क्रिकेट ' को उपाधी अत्तरियाले हात पारेको  छ | अत्तरियले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै उपाधी हात पारेको हो | विजेता अत्तरियाले १० लाख पुरस्कार प्राप्त गरेको छ भेने उपविजेता डडेल्धुराले ५ लाख पुरस्कार प्राप्त गरेको छ |
जितका लागि १ सय १९ रन को लक्ष्य पाएको डडेल्धुराले ८४ रन बनाएको थियो | टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रन बनाएको थियो  | 

धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा  माघ १९ देखी २८ गते सम्म आयोजना हुने   Arjun ट्रोफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी आयोजना भएको  थियो  | सुदुरपश्चिमा प्रदेशको क्रीकेटका सारथी रहनु भएका स्वर्गिय अर्जुन खड्काको स्‍मृतिमा यो प्रतियोगिता  आयोजना हुँदै आएको छ | प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरुको सहभागीता रहेका थिए  |   

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update