एकतर्फी सञ्चालन (One-way) सम्बन्धी सूचना

काठमाडौं, माघ २९ गते
यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ५ हाँडीगाउँ अन्तर्गत तपसिलका सडकमा एकतर्फी (One-way) सवारी साधन सञ्चालन गर्नुपर्ने भएकोले महानगरपालिकाको भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयानुसार मिति २०८१ फागुन ७गतेबाट लागू हुने सडकमा एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने व्यवस्था गरिने भएकोले सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ ०६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय