असार ११,अफ्गानिस्तान T20 क्रीकेट वोर्ल्ड कपको सेमिफाइनलमा पहिलो पटक पुगेको छ । सुपर एइटको अन्तिम खेलमा बङ्लादेशलाई ८ रनले हराउदै अफ्गानिस्तानले ईतिहास बनाएको हो ।
टस जितेर ब्याटिङ चुनेको अफ्गानिस्तानले पहिलो इन्निङमा ११५ रन बनाएको थियो । अफ्गानिस्तानका लागि रहमतुल्ला गुरबाजले ४२ रन, इब्रहिम जद्रनले १८ रन बनाएका थिए, त्यसैगरी राशिद खानले १९ रनको पारी खेलेका थिए । ११६ रनको लक्ष्य पक्ष्याउन उत्रेको बङ्लादेशको लागि लितिओन दासले ५४ रनको पारी खेले पनि हार टार्न सकेनन । बङ्लादेशको लागि रिशाद होस्सैनले अफ्गानिस्तानको ३ विकेट लिएका थिए । अफ्गानिस्तानका बलर नविन उल हक ले बङ्लादेशको ४ विकेट झारे त्यस्को लागि उनले प्लेयर अफ द म्याचको उपाधी पाए ।
अब सेमिफाइनलमा इण्डियाले इङ्ल्यान्डको सामना गर्नेछ भने साउथअफ्रिकले अफ्गानिस्तानको सामना गर्नेछ । यि २ म्याचका विजेताहरु फाइनलमा भिड्नेछन । इण्डिया र साउथअफ्रिक यहाँ सम्म कुनै पनि म्याच नहारी पुगेकाछन ।