Ray 4U
नेपालको छैटौँ हारसँगै सम्पन्न भयो महिला त्रिकोणात्मक टी - २० आई सिरिज

काठमाडौं, माघ २५  गते

किर्तिपुर स्थित त्रि वि मैदान आज सम्पन्न भएको  महिला त्रिकोणात्मक टी - २० आई सिरिजको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले  पराजित भएको छ | नेपालको यो छैटौँ हार हो |
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो | नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनाएको थियो | ८२ रन को विजयी लक्ष्य पछ्याएको थाइल्याण्डले १७ ओभरमा ३ विकेट पूरा गरेको थियो |      

थाइल्याण्ड १० अंकसहित पहिलो स्थानमा रह्यो  | ८ अंक बनाएको नेदरल्यान्डस् दोश्रो स्थानमा रह्यो भने नेपाल  यस प्रतिगितामा अंक विहिन रह्यो   | 

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update