ग्वार्को फ्लाईओभरको निर्माण पुन: सुचारु
काठमाडौं, माघ २५ गते
ग्वार्को चोकमा फ्लाईओभरको निर्माण पुन: सुचारु भएको छ | केहि समयदेखि निर्माण ठप्प भएको यस फ्लाईओभरको निर्माण पुन: सुरु भएको छ |अहिले सातदोबाटो तर्फ काम भइरहेको छ | यस आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ भने पुलको काम ९८ प्रतिशत पुगेको जनाइएको छ | सडक विभागले ग्वार्को चोकमा फ्लाईओभरको निर्माण गरिरहेको छ |
यो चोकमा बनिरहेको पुलको लम्बाइ ३५ मिटर रहेको छ |र्याम्प र पुल शहित यो फ्लाईओभरको लम्बाइ ५४० मिटर रहेको छ |यो आयोजनाको सम्झौता २०७८ साल फागुन १२ गते भएको थियो |बिचमा डिजाईनमा केही हेरफेर गर्नु परेपछि काम प्रभाबित भएको थियो | ई पि सि मोडेल मा यसको सम्झौता भएको थियो |आशिष समानन्तर जे. भि. ले यो फ्लाईओभरको निर्माण १७ करोड एस् लाख ८८ हजार ८८८ रुपैयामा गरिरहेको छ |
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१ २१:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय