Ray 4U
चौथो हारसँगै उपाधिबाट बाहिरियो नेपाल

काठमाडौं, माघ २३ गते 

किर्तिपुर स्थित त्रि वि मैदान भइरहेको महिला त्रिकोणात्मक टी - २० आई सिरिजको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको छ | नेपालको यो चौथो हार हो | हारर्सँगै नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ |  
जितका लागि थाइल्याण्डले दिएको एक सय ७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो | टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो | नेपालका लागि रुबिना छेत्रीले सर्वाधिक २६ रन बनाउनु भएको थियो भने थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित सर्वाधिक २७ रन बनाउनु भयो | 
थाइल्याण्ड लगातार चौथो जित सँगै ८ अंकसहित पहिलो स्थानमा रहेको छ | समान खेलमा ६ अंक बनाएको नेदरल्यान्डस् दोश्रो स्थानमा रहेको छ | नेपालले भने खाता खोल्न सकेको छैन |

सिरिजमा अब थाइल्याण्डले  नेदरल्यान्डस् र नेपालसँग खेल्नेछ भने नेपालले पनि १ - १ खेल थाइल्याण्ड र नेदरल्यान्डस्सँग खेल्नेछ |

प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  ००:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update