ताप्लेजुङमा आन्दोलन स्थगित, सरकारसँग ६ बुँदे सहमति

काठमाडौं, माघ २२ गते
ताप्लेजुङको पाथिभरामा केबलकारको निर्माण रोक्न माग गर्दै भइरहेको आन्दोलनका स्थगित भएको छ | सरकारी वार्ता टोली र |आन्दोलनकर्ताबिच दुई दिन लगाएर भएको वार्तामा दुई पक्षबीच ६ बुँदे सहमति भएको जनाइएको छ |सहमती अनुसार हाललाई पाथिभरा केबलकार स्टेसनमाथीको काम स्थगन हुनेछ | आन्दोलनमा घाइतेको सरकारले उपचार गर्नु पर्ने ,आन्दोलनको छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने,प्रहरीले नियन्त्रण गरेकालाई बिना सर्त रिहाई गर्नुपर्ने,यातायात बन्द स्थगन गर्ने रहेको छ भने माघ २७ गते स्टेसनको विषयमा वीस्तृत छलफल हुने भनिएको छ |
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ ००:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय