असार ११, T20 विश्वकप क्रिकेट अन्तर्गत आज भएको अस्ट्रेलिया र भारतबीचको खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको छ। यो सँगै भारत चाहिँ ग्रुप वानको विजेता बनेको छ र उसले अब सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ । आजको खेलमा भारतको तर्फबाट भारतका कप्तान रोहित शर्मा प्लेयर अफ द म्याच रहेका छन । भारतले समूह विजेतको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो ।
तीन खेलबाट दुई अङ्क बनाएको अष्ट्रेलिया दोस्रो स्थानमा छ । यस हारले अष्ट्रेलियाको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । सुपर आठको समूह ए मा अफगानिस्तानले पनि दुई खेलबाट दुई अङ्क बनाएको छ ।
अब अफगानिस्तान र बङ्गलादेशबीचको खेलले सेमिफाइनलमा पुग्ने अर्को टोलीको निर्धारण गर्नेछ । यदि अफगानिस्तानले बङ्गलादेशलाई हरायो भने अफगानिस्तान सेमिफाइनलमा पुग्नेछ । बङ्गलादेशले जितेमा अष्ट्रेलियाको भाग्य चम्किनेछ ।