Ray 4U
सरकारले नि:शुल्क  एचपिभी खोप अभियान सञ्चालन गर्ने 

काठमाडौं, माघ १५ गते 

नेपाल सरकारले माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशैभरी एकै साथ नि:शुल्क एचपिभी खोप अभियान सञ्चालन गर्न लागेको छ | महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि यो खोप दिइन्छ | एक तथ्यांकका अनुसार पाठेघरको मुखको क्यान्सरका कारण  नेपालमा दैनिक चार जनाको मृत्‍यु हुने गरेको छ |
यो अभियानमा कक्षा ६ देखी १० सम्मका १० देखि १४ बर्षका  छात्राहरु सामेटिनेछन् | उमेरमा १-२ बर्ष तलमाथि हुँदा फरक नपर्ने भनिएको छ |       
विश्व स्वास्य संगठनले यो  खोप पाठेघरको मुखको क्यान्सरको रोकथाममा निकै प्रभावकारी रहेको जनाएको  छ | विश्वका १४५ देशमा लगाइने गरेको यो एक  खोपको मुल्य साढे ६ हजार रुपैयाँ पर्छ |  

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update